२०८३ भाद्र १७ गते बुधवार | 2026 September 2nd Wednesday

सभापति देउवा भारत जाँदै, यस्तो छ कार्यक्रम

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भारतको प्रयागराजमा भइरहेको महाकुम्भ मेलामा सहभागी हुन जाँदैछन्। इण्डिया फाउण्डेसनले आयोजना गर्ने ‘कुम्भ ग्लोबल समिट अन डेभलपमेन्ट एण्ड सस्टेइनबिलीटी’ कार्यक्रममा वक्ताका रूपमा उनी भारत जान लागेका हुन्।

शुक्रबार र शनिबार हुने उक्त कार्यक्रममा उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसहित अन्य अन्तर्राष्ट्रिय वक्ताहरूको उपस्थिति रहनेछ। यसअघि कांग्रेस महामन्त्री गगन थापा र नेता अर्जुननरसिंह केसी पनि कुम्भ मेलामा सहभागी भएका थिए।

प्रकाशित मिति : २०८१ फाल्गुन ७ गते बुधवार
प्रतिक्रिया दिनुहोस