२०८३ भाद्र १७ गते बुधवार | 2026 September 2nd Wednesday

गौतमबुद्ध विमानस्थलमा ठूलो मात्रामा सुन बरामद, महिला शौचालयबाट खुल्यो रहस्य

भैरहवास्थित गौतमबुद्ध विमानस्थलमा १२५ ग्राम सुन बरामद भएको छ। मंगलबार विमानस्थलको महिला शौचालयबाट सुन जस्तो देखिने दोहोरो सिक्री बरामद भएको हो। प्रहरीले जानकारी दिएको अनुसार सिक्री रियाज अहमद नाउको नाममा जारी गोल्डेन स्टोन ज्वेलरीको बिलसहित बरामद भएको हो।

यसअघि विमानस्थलमा कार्यरत प्रहरी र कर्मचारीले सुन तस्करीमा संलग्न रहेको पाइएपछि, क्यानका कर्मचारी, प्रहरी र अन्य संलग्नको विरुद्ध मुद्दा दायर गरिएको थियो। बरामद सिक्री भन्सार कार्यालयमा पठाइएको छ र यस विषयमा थप अनुसन्धान भइरहेको छ।

क्यानको कर्मचारी र सेटिङको संलग्नता भएकाले, यस घटनामा विमानस्थल सुरक्षा कडाइ गरिएको जानकारी दिइएको छ।

प्रकाशित मिति : २०८१ फाल्गुन ७ गते बुधवार
प्रतिक्रिया दिनुहोस