२०८३ भाद्र १७ गते बुधवार | 2026 September 2nd Wednesday

यी १० जनाले पाउने छन् यस वर्षको ‘प्रधानमन्त्री राष्ट्रिय प्रतिभा’ पुरस्कार (नामसहित)

काठमाडौं । सरकारले शान्ति, सुशासन, नवप्रवर्तन, वैज्ञानिक खोज, अनुसन्धान र विकासका क्षेत्रमा योगदान पुर्याउने १२ जना नागरिकलाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार-२०८१ प्रदान गर्ने निर्णय गरेको छ।

राष्ट्रिय प्रजातन्त्र दिवस २०८१ का अवसरमा सैनिकमञ्च टुँडिखेलमा आयोजित मुख्य समारोहमा पुरस्कारको घोषणा गरिएको हो। पुरस्कार प्राप्त हुने व्यक्तिहरूमा टेलिमेडिसिन क्षेत्रका डा. छिरिङ लामा (सिन्धुपाल्चोक), विज्ञान प्रविधि नवप्रवर्तनका डा. विराजसिंह थापा (मोरङ), कीर्तिमानी पर्वतारोही पूर्णिमा श्रेष्ठ (गोरखा), विज्ञान प्रविधि क्षेत्रका आभाष मास्के (काठमाडौँ), हरिराम श्रेष्ठ (गोरखा), चिकित्सा क्षेत्रमा डा. ओम मूर्ति अनिल (महोत्तरी), खेलकुदका सावित्रा भण्डारी (लमजुङ), सम्पदा संरक्षणमा रवीन्द्र पुरी (भक्तपुर), र मानवसेवा तथा समाजसेवामा दिलशोभा श्रेष्ठ (काठमाडौँ) र रामजी अधिकारी (गोरखा) रहेका छन्।

पुरस्कारको उद्देश्य नवप्रवर्तन क्षेत्रमा प्रतिभावान नागरिकलाई प्रोत्साहन गर्नु हो। यस पुरस्कारको कोष २०७५ मङ्सिर १७ मा मन्त्रिपरिषद्को बैठकले स्थापना गरेको थियो। कोषमा नेपाल सरकारबाट एक करोड रुपैयाँ र कोरिया सरकारबाट प्राप्त एक लाख अमेरिकी डलरको रकम थपिएको हो।

पुरस्कार प्रदान गर्ने विशेष समारोहमा यस वर्षका पुरस्कार विजेताहरूसँगै समाजका विभिन्न क्षेत्रका योगदानकर्तालाई सम्मानित गरिने छ।

प्रकाशित मिति : २०८१ फाल्गुन ७ गते बुधवार
प्रतिक्रिया दिनुहोस