२०८३ भाद्र १७ गते बुधवार | 2026 September 2nd Wednesday

संविधानसभा सदस्य सापकोटा रहेनन्, ५९ वर्षमा निधन

संविधान सभा सदस्य तथा नेकपा (एकीकृत समाजवादी) का पोलिटब्युरो सदस्य विदुर सापकोटाको ५९ वर्षको उमेरमा चावहिलस्थित हेल्पिङ ह्यान्ड अस्पतालमा निधन भएको छ।

२०७० सालको संविधानसभा निर्वाचनमा काभ्रे क्षेत्र नम्बर ४ बाट निर्वाचित सापकोटा एमाले काभ्रेको सचिवसमेत थिए।

उनको पार्थिव शरीर बिहीवार आलोकनगरस्थित पार्टी कार्यालयमा श्रद्धाञ्जलीका लागि राखेर पशुपतिस्थित आर्यघाटमा अन्त्येष्टि गरिनेछ।

प्रकाशित मिति : २०८१ फाल्गुन ८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस