२०८३ भाद्र १७ गते बुधवार | 2026 September 2nd Wednesday

साउदी दुर्घटनामा मृत्यु भएका ३ जनाको शव नेपाल पठाइने

"One killed and 12 injured in a bus accident in Sindhuli."

साउदी अरबमा सडक दुर्घटनामा मृत्यु भएका ३ नेपालीको शव नेपाल पठाइने भएको छ। नेपाली वाणिज्य दूत सिर्जना अधिकारीका अनुसार पाल्पाका कृष्ण खत्री, उदयपुरका रूपक कार्की र कपिलवस्तुका मानबहादुर रानाको शव २० र २१ फेब्रुअरीका दिन नेपाल पठाइने छ।

नेपाली दूतावासले मृतकहरूको शव चाँडोभन्दा चाँडो नेपाल पठाउन कम्पनी र अन्य निकायसँग समन्वय गरेको जानकारी दिएको छ।

सो दुर्घटनामा घाइते इलामका सुकबहादुर लिम्बुको उपचार भइरहेको छ। २७ जनवरीमा साउदीको जिजान शहरमा गाडी र ट्रेलरको आपसी ठोक्किदा तीन नेपालीसहित १५ जनाको मृत्यु भएको थियो।

प्रकाशित मिति : २०८१ फाल्गुन ८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस