काठमाडौँ । नेपाल विश्वमा शान्ति स्थापनाका लागि शान्ति सैनिक पठाउने राष्ट्रहरूको सूचीमा अग्रणी छ। महिला र पुरुष दुवै शान्ति सैनिक पठाउनेमा पनि नेपाल शीर्ष स्थानमा रहेको सैनिक जनसम्पर्क निर्देशनालयले आइतबारको पत्रकार सम्मेलनमा बतायो।
हाल ११ मिसनमा ६४२ महिला सहित ५,९१३ नेपाली शान्ति सैनिक खटिएका छन्। संयुक्त राष्ट्रसंघअन्तर्गत हालसम्म ४४ मिसनमा १,५४,३४० सैनिक सहभागी भइसकेका छन्। यसक्रममा ७३ सैनिकको मृत्यु भएको र ६९ जना घाइते भई कठिन जीवन बिताइरहेको सेनाले जनाएको छ।
प्रकाशित मिति : २०८१ फाल्गुन ११ गते आइतवार

