२०८३ भाद्र १७ गते बुधवार | 2026 September 2nd Wednesday

दक्षिण कोरियामा कर्मचारीको तलबमा उल्लेख्य वृद्धि, कति बढ्यो?

दक्षिण कोरियाको सामसुङ इलेक्ट्रोनिक्स र यसको श्रमिक युनियनले ५.१% ज्याला वृद्धिको सम्झौता गरेको छ। कम्पनी र नेशनल सामसुङ इलेक्ट्रोनिक्स युनियन (एनएसईयू) ले सोमबार छुट्टाछुट्टै विज्ञप्तिमार्फत यो जानकारी दिएका हुन्। एनएसईयूका करिब ३६,००० सदस्य, जुन कम्पनीको दक्षिण कोरियाली कार्यबलको ३०% हो, फेब्रुअरी २८ देखि मार्च ५ सम्म यो प्रारम्भिक सम्झौतामा मतदान गर्नेछन्।

सम्झौतामा ३० शेयर र कम्पनीका उत्पादन खरिदका लागि भौचरजस्ता सुविधा पनि समावेश छन्। गत वर्ष युनियनले हडताल गरे पनि उत्पादनमा अवरोध नभएको कम्पनीले जनाएको थियो। विश्वको सबैभन्दा ठूलो मेमोरी चिप निर्माता सामसुङले एआई अनुप्रयोगका लागि अर्धचालकको प्रतिस्पर्धामा संघर्ष गरिरहँदा यो लामो श्रम विवादले नयाँ मोड लिएको छ।

प्रकाशित मिति : २०८१ फाल्गुन १२ गते सोमवार
प्रतिक्रिया दिनुहोस