२०८३ भाद्र १७ गते बुधवार | 2026 September 2nd Wednesday

अब पैसा हुनेले किनेर अमेरिकाको भिसा खरिद गर्न पाउने, ट्रम्पले गरे हस्ताक्षर

काठमाडौं । अब पैसा हुनेले किनेर अमेरिकाको भिसा खरिद गर्न पाउने नयाँ नियम आएको छ । ५० लाख अमेरिकी डलर अर्थात् झन्डै ७० करोड नेपाली रुपैंयामा अमेरिकाको गोल्ड कार्ड भिसा खरिद गर्नेगरी राष्ट्रपति डोनल्ड ट्रम्पले नयाँ कार्यक्रम घोषणा गरेका छन्।

ट्रम्पले मंगलबार गरेको घोषणा अनुसार धनी विदेशीहरूलाई अमेरिकाले गोल्ड कार्ड बिक्री गर्नेछ। यो भिसा पाएपछि उनीहरूले अमेरिकामा बस्न र काम गर्न अनुमति पाउनुका साथै नागरिकता पाउने सहज बाटो खुल्ने छ। साथै व्यापार व्यवसायपनि गर्न पाउनेछन् ।

प्रकाशित मिति : २०८१ फाल्गुन १४ गते बुधवार
प्रतिक्रिया दिनुहोस