२०८३ भाद्र १७ गते बुधवार | 2026 September 2nd Wednesday

बुढासँग मिलेर प्रेमिको हत्या, यस्तो अवस्थामा भेटियो शव–के भन्छ प्रहरी?

धनुषाको मिथिला बिहारी नगरपालिका–२ पुरनदाहा टोलस्थित खैरा खोलाको पुलमुनि फेला परेको शव ३३ वर्षीय शहीद अन्सारीको भएको पुष्टि भएको छ। अनुसन्धानबाट अन्सारीको हत्या उनकी प्रेमिका अनिता कुमारी यादव र श्रीमान् राजकिशोर यादवले मिलेर गरेको खुलासा भएको छ।

कतारमा कार्यरत अन्सारी र अनिताबीच दुई वर्षदेखि प्रेम सम्बन्ध थियो। अनिताले अन्सारीलाई नेपाल बोलाएकी थिइन्। २०८१ मङ्सिर २७ गते अनिता र राजकिशोरले अन्सारीलाई बञ्चरो प्रहार गरी हत्या गरेको प्रहरी उपरीक्षक भूवनेश्वर तिवारीले बताए।

हत्यापछि शव जुटको बोरामा हालेर खैरा खोलामा फालिएको थियो। शवको पहिचान नभएपछि प्रहरीले स्केच सार्वजनिक गरेको थियो। माघ १० गते मृतककी श्रीमती अजिमा खातुनले प्रहरीको फेसबुक पेजमा फोटो हेरेर सनाखत गरेपछि घटना बाहिर आएको हो।
अनिता यादवलाई गाउँबाट पक्राउ गरी अदालतबाट तीन दिनको म्याद थप गरिएको छ। उनका श्रीमान् राजकिशोर यादव हत्यापछि साउदी अरब फरार भएका छन्। उनलाई नेपाल फर्काउन कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २०८१ फाल्गुन १५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस