काठमाडौं। ठगी आरोपमा काठमाडौंको नयाँ बानेश्वरबाट कल्पना गैरे पक्राउ परेकी छन्।
कैलालीकी गैरेलाई जबरजस्ती चोरी, ठगी तथा आपराधिक लाभ लिएको अभियोगमा उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो। उनीविरुद्ध फागुन १५ गते अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो।
पक्राउ परेपछि उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंमा बुझाइएको छ। तर, उनलाई अल्का अस्पतालमा राखिएको छ, जसले प्रहरी कार्यशैलीप्रति प्रश्न उठाएको छ। पहुँच नभएका व्यक्तिहरूले यस्तो सुविधा नपाउने गरे पनि कल्पनाको हकमा विशेष व्यवहार देखिएको प्रहरी स्रोत बताउँछ।
गैरेविरुद्ध जाहेरी दिएका गणेश ढकालले प्रहरी अधिकृतहरूले ‘किन झुटा जाहेरी दिएको?’ भन्दै हप्काएको आरोप लगाएका छन्। जिल्ला प्रहरी परिसरका एसपी अपिल बोहराले भने यसबारे अनभिज्ञता जनाएका छन्।
प्रकाशित मिति : २०८१ फाल्गुन १८ गते आइतवार

