२०८३ भाद्र १२ गते शुक्रवार | 2026 August 28th Friday

काठमाडौंको टोखामा गोली चल्यो, के भन्छ प्रहरी?

काठमाडौं । काठमाडौंको टोखा क्षेत्रमा अपराध अनुसन्धान कार्यालयको टोलीले गोली चलाइ एक जनालाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार टोलीले तीन राउन्ड गोली चलाएको छ, जसमा एक राउन्ड गोली पक्राउ परेका व्यक्तिलाई लागेको हो। पक्राउ पर्ने व्यक्ति गुड्डु पटेल भएको एसएसपी रमेश बस्नेतले जानकारी दिएका छन्।

पटेललाई उपचारका लागि अस्पताल पठाइएको छ। थप विवरण केही समयमै आउने जनाइएको छ।

प्रकाशित मिति : २०८१ फाल्गुन १८ गते आइतवार
प्रतिक्रिया दिनुहोस