२०८३ भाद्र १७ गते बुधवार | 2026 September 2nd Wednesday

चौथोपटक हृदयघात भएका पूर्वयुवराज पारसको पछिल्लो अवस्थाबारे नर्भिकले के भन्यो ?

काठमाडौं । पूर्वयुवराज पारस शाहलाई आइतबार बेलुका हृदयघात भएपछि नर्भिक अस्पताल भर्ना गरिएको छ। अस्पतालका अनुसार, उनलाई आइतबार नै एन्जियोप्लास्टी गरिएको थियो।

चिकित्सकका अनुसार यो पारसलाई चौथो पटक हृदयघात भएको हो। चिकित्सकले हृदयघातको प्रमुख कारण वंशाणुगत भएको बताएका छन्।

हाल उनको स्वास्थ्य अवस्थामा सुधार देखिएको र अझै तीन दिनसम्म अस्पतालको निगरानीमा राखिने जनाइएको छ।

प्रकाशित मिति : २०८१ फाल्गुन १९ गते सोमवार
प्रतिक्रिया दिनुहोस