२०८३ भाद्र १७ गते बुधवार | 2026 September 2nd Wednesday

पूर्वयुवराज पारसको मुटुमा स्टेन राखेर आईसीयूमा उपचार हुँदै

काठमाडौं । पूर्वयुवराज पारस शाहको नर्भिक अस्पतालको आईसीयूमा उपचार भइरहेको छ। आइतबार राति हृदयाघात भएपछि उनलाई अस्पताल लगिएको थियो, जहाँ मुटुमा स्टेन राखिएको छ।

नर्भिक अस्पतालका प्रवक्ता अजय मिश्राका अनुसार, डा. यादव भट्टको नेतृत्वमा उनको उपचार भइरहेको छ। मिश्राले पारसको स्वास्थ्य सुधार उन्मुख रहेको र आत्तिनुपर्ने अवस्था नभएको स्पष्ट पारे।

आजै उनका आफन्तहरूले अस्पताल पुगेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्। अस्पतालले पारसको स्वास्थ्यबारे औपचारिक विज्ञप्ति नदिने बताएको छ, किनभने परिवारले लो प्रोफाइलमा बस्न चाहेको छ।

पारस शाहलाई हृदयाघात भएको यो चौथो पटक हो। चिकित्सकहरूका अनुसार, उनलाई एक(दुई दिनमै डिस्चार्ज गर्न सकिने सम्भावना छ।

प्रकाशित मिति : २०८१ फाल्गुन १९ गते सोमवार
प्रतिक्रिया दिनुहोस