पोखरामा गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्ण पाठकले काठमाडौँका मेयर बालेन साहविरुद्ध आक्रोश पोखेका छन्। बालेनले प्रधानमन्त्री केपी ओलीलाई लक्षित गरेर फेसबुक स्टाटस लेखेपछि पाठकले त्यसको काउंटर अट्याक गरेका हुन्।
पाठकले सामाजिक सञ्जालमा स्टाटस लेख्दै बालेनको आलोचना गरे। उनले प्रमाण जुटाएर प्रमुख प्रशासकीय अधिकृतलाई कारबाही गर्न नसक्ने, छानबिन समितिको प्रतिवेदन लुकाउने, बहालवाला प्रमुख प्रशासकीय अधिकृतलाई गेटबाट भित्र पस्न नदिने अनि कार्यकारी पठाएन भनेर प्रधानमन्त्रीलाई आक्रोश व्यक्त गरेका छन्। यस्तो छ उनको स्टाटस
यथेष्ट प्रमाण जुटाएर प्रमुख प्रशासकीय अधिकृतलाई कार्वाही पनि गर्न नसक्ने, छानबिन समितीको प्रतिवेदन लुकाउने, बहालवाला प्रमुख प्रशासकीय अधिकृतलाई गेटबाट भित्रपस्न समेत नदिने अनि कार्यकारी पठाएन भनेर प्रधानमन्त्रीलाई आक्रोश पोख्ने ? के हो बालेन भाई तिम्रो पारा ? हामी पनि कार्यकारी ठाउँमै बसेर काम गरिरहेका छौं । नियम, कानुन र कार्यबिधी भन्दा माथि कोही हुदैन र तिमिपनी छैनौ । चार भागको एकभाग पनि पुजिगत खर्चगर्न नसक्नेका कुरै चर्का । तिम्राजस्ता चर्काकुरा अरुहरुलाई पनि गर्न आउँछ भन्ने हेक्का राख भाई ।

