काठमाडौं। थाइल्याण्डबाट २२ किलो गाँजासहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २ भारतीय नागरिकलाई पक्राउ गरिएको छ। विमानस्थलस्थित सशस्त्र प्रहरीको भन्सार सुरक्षा बेसले ४० वर्षीय पुरुष र ३७ वर्षीय महिला भारतीय नागरिकलाई पक्राउ गरेको हो।
उनीहरु थाई एयरवेजको उडान नं। टीजी३१९ बाट नेपाल आएका थिए र गाँजा चक्लेट प्याकेटको रूपमा ल्याएका थिए। सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार, पक्राउ परेका व्यक्तिहरूलाई लागू औषध नियन्त्रण ब्यूरोमा पठाइएको छ र थप अनुसन्धान भइरहेको छ।
प्रकाशित मिति : २०८१ फाल्गुन २० गते मङ्गलवार

