२०८३ भाद्र ११ गते बिहिवार | 2026 August 27th Thursday

कुलमानबारे ऊर्जामन्त्रीको तर्क: कुनै पनि बेला हटाउन र नियुक्त गर्न सक्छु

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउन कुनै चलखेल नभएको बताएका छन्।

बुधबार तनहुँमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले सरकारले आवश्यकतानुसार कर्मचारी राख्न वा हटाउन सक्ने स्पष्ट पारे। ‘एउटा कर्मचारीलाई हटाउन सरकारले किन चलखेल गर्नुपर्छ? सरकारलाई आवश्यक परेको बेला हटाउन वा नियुक्त गर्न सक्छ,’ मन्त्री खड्काले भने।

विद्युत् प्राधिकरणको कार्यसम्पादन मूल्यांकनमा शून्य अंक पर्नुको कारणबारे उनले समयमै रिपोर्ट नबुझाएको उल्लेख गरे। ‘विद्यार्थी जाँचमा उपस्थित नभए अंक आउँदैन, यहाँ पनि त्यही भएको हो,’ उनले भने।

बुधबार प्रतिनिधिसभा बैठकमा सांसदहरूले कुलमानको मूल्यांकनबारे प्रश्न उठाएका थिए।

प्रकाशित मिति : २०८१ फाल्गुन २१ गते बुधवार
प्रतिक्रिया दिनुहोस