२०८३ भाद्र १६ गते मङ्गलवार | 2026 September 1st Tuesday

हङकङबाट आउँदा विमानस्थलमा रंगेहात पक्राउ परेका युवक को हुन् ?

फाइल तस्विर

काठमाडौं । हङकङबाट काठमाडौं आइपुगेका एक युवक कोकिनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ परेका छन्। पक्राउ पर्नेमा सुनसरीका २५ वर्षीय मनिश राई रहेका छन्। नेपाल एअरलाइन्सको उडानबाट हङकङबाट आएका उनलाई ३ ग्राम २९ मिलिग्राम कोकिनसहित विमानस्थलमा समातिएको हो।

प्रहरीका अनुसार, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयको जाँच क्षेत्रमा उनलाई नियन्त्रणमा लिइएको छ। पक्राउ परेका राईलाई थप अनुसन्धानका लागि लागूऔषध नियन्त्रण ब्यूरोमा पठाइएको छ।

प्रकाशित मिति : २०८१ फाल्गुन २१ गते बुधवार
प्रतिक्रिया दिनुहोस