२०८३ भाद्र १६ गते मङ्गलवार | 2026 September 1st Tuesday

यूएईबाट ६३३ नेपाली निष्कासित, किन धमाधम डिपोर्ट गर्न थाल्यो?

काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) ले पछिल्लो समय ६३३ नेपालीलाई डिपोर्ट गरेको छ। मदिरा सेवन, झगडा, अवैध बसोबास र लागुऔषध प्रयोगजस्ता कारणले उनीहरूलाई देशनिकाला गरिएको हो।

यूएईका विभिन्न सहरमा नेपालीहरू मदिरा सेवनपछि झगडा गर्ने, अवैध रूपमा बस्ने तथा कानुन उल्लंघन गर्ने क्रम बढेसँगै त्यहाँको प्रशासनले निगरानी बढाएको छ। यसै कारण, पछिल्लो समय ठूलो संख्यामा नेपालीहरू पक्राउ परेका छन्। विशेष गरी, सार्वजनिक स्थानमा झगडा गर्ने तथा मादक पदार्थ सेवन गरेर होहल्ला गर्नेहरूलाई प्रहरीले तत्काल नियन्त्रणमा लिइरहेको छ।

डिपोर्ट गरिएका नेपालीहरूलाई नेपाल फर्काउन यूएईस्थित नेपाली दूतावासले समन्वय गरिरहेको छ। अधिकारीहरूका अनुसार, यूएईमा कार्यरत नेपालीहरूले त्यहाँका नियम पालना गर्नुपर्ने र कानुनी झमेलाबाट जोगिन सचेत रहनुपर्ने आवश्यक छ।

प्रकाशित मिति : २०८१ फाल्गुन २२ गते बिहिवार
प्रतिक्रिया दिनुहोस