२०८३ भाद्र १६ गते मङ्गलवार | 2026 September 1st Tuesday

अमेरिकाले नेपालीलाई अमानवीय रूपमा फर्काएको विषयले संसदमा हंगामा: कसले के भने?

काठमाडौं । सांसदहरूले अवैधरूपमा विदेशमा रहेका नेपालीलाई फर्काउने क्रममा अमानवीय व्यवहार भएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्। बिहीबार प्रतिनिधिसभाको आकस्मिक बैठकमा उनीहरूले यस्तो व्यवहार रोक्न सरकारलाई आग्रह गरे।

अमेरिकाले निष्कासन गरेका ११ नेपालीलाई बुधबार चार्टर जहाजबाट नेपाल फर्काइएको थियो। उनीहरूलाई हात र खुट्टामा हतकडी र नेल लगाइएको विषयले संसदमा चासो बढाएको छ।

कांग्रेस सांसद रामहरि खतिवडाले यस्तो व्यवहार बन्द गरी मानव अधिकारको सम्मानसहित फिर्ता ल्याउन सरकारलाई आग्रह गरे। उनले एनजीओ र आइएनजीओका नाममा भएको रकम दुरुपयोगबारे श्वेतपत्र जारी गर्नुपर्ने पनि बताए।

माओवादी सांसद देवेन्द्र पौडेलले अन्तर्राष्ट्रिय मान्यता विपरीत नेपालीलाई फर्काइएको भन्दै आपत्ति जनाए। विदेशमा रहेका नेपालीको सुरक्षा र स्वदेशमै रोजगारीको व्यवस्था गर्न सरकारले गम्भीर कदम चाल्नुपर्ने उनको भनाइ छ।

प्रकाशित मिति : २०८१ फाल्गुन २२ गते बिहिवार
प्रतिक्रिया दिनुहोस