काठमाडौँ । नेकपा एमाले रसुवा जिल्ला अध्यक्ष जनार्दन ढकालले पार्टी अध्यक्षसहित सबै जिम्मेवारीबाट अलग हुने घोषणा गरेका छन्। शनिबार हिमालय टेलिभिजनलाई दिएको अन्तरवार्तामा उनले चौतर्फी घेराबन्दीका कारण पार्टी छोड्नुपरेको बताए।

ढकालका अनुसार पार्टीको समस्या महासचिव शंकर पोखरेल र प्रदेश इन्चार्ज राजन भट्टराईलाई जानकारी गराउँदा पनि चासो नदेखाइएपछि उनले पार्टी परित्याग गरेका हुन्। २०७० को संविधान सभा सदस्यसमेत रहेका उनले बैठकमा चार पटकसम्म सांघातिक आक्रमण भएको गुनासो गर्दै रसुवामा जराकेन्द्रित अभियान रोकिएको बताए।
प्रकाशित मिति : २०८१ फाल्गुन २५ गते आइतवार

