२०८३ भाद्र १६ गते मङ्गलवार | 2026 September 1st Tuesday

यी हुन् मन्त्रिपरिषद् बैठकका २५ महत्वपूर्ण निर्णयहरू (सूचीसहित)

काठमाडौं । सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले फागुन २६ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गर्नुभएको छ।

बैठकले जग्गा प्रशासन निर्देशिका, २०५८ र भू–सूचना प्रणाली सञ्चालन निर्देशिका, २०७१ खारेज गर्ने, अनुचित लेनदेन (मिटरब्याज) नियन्त्रणका लागि तीन सदस्यीय आयोग गठन गर्ने, उच्च मूल्य कृषिवस्तु उत्थानशील कार्यक्रमअन्तर्गत आठ अस्थायी पद स्वीकृत गर्ने लगायतका निर्णय गरेको छ।

यस्तै, गैरआवासीय नेपालीसम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति, नागरिक उड्डयन सुधारसम्बन्धी अध्ययन समितिको म्याद थप, कान्ति बाल अस्पताल पुनर्निर्माणलाई विशेष परियोजनाका रूपमा अघि बढाउने, स्वास्थ्य बिमा बोर्डको कार्यकारी निर्देशकमा रघुराज काफ्ले नियुक्त गर्ने निर्णय भएको छ।

सरकारले मन्त्रिपरिषद्का अन्य २५ महत्वपूर्ण निर्णयहरू सार्वजनिक गरेको छ, जसको विस्तृत सूची तल संलग्न छ।

प्रकाशित मिति : २०८१ फाल्गुन २८ गते बुधवार
प्रतिक्रिया दिनुहोस