२०८३ भाद्र १६ गते मङ्गलवार | 2026 September 1st Tuesday

वसन्तपुरमा होलीको उत्सव, पर्यटकले यसरी मनाए रंगको पर्व

काठमाडौं । वसन्तपुर क्षेत्र आज बिहानदेखि होलीको उत्सवले रङ्गीन बनेको छ। स्थानीयहरूसँगै विदेशी पर्यटकहरूले पनि काठमाडौँको प्रसिद्ध स्थलमा होली पर्वको उल्लासमा रङ्ग र अबिरको रमाइलो गर्दै एकआपसमा सद्भाव र मित्रता सँगै यो पर्व मनाइरहेका छन्।

वसन्त ऋतुको आगमनसँगै होली पर्वले आपसी मेलमिलाप र सदभावको सन्देश फैलाउने क्रममा काठमाडौँ उपत्यकासहित पहाडी र हिमाली जिल्लामा सर्वसाधारणहरू हर्षोल्लासका साथ रङ्गको पर्वमा सहभागी भएका छन्।

नेपालका विभिन्न स्थानहरूमा, विशेषगरी वसन्तपुर र ठमेलका चोकचोकमा, नेपाली नागरिक र विदेशी पर्यटकहरू रङ्ग र अबिर लगाएर नाचगान गर्दै होलीको उल्लास मनािरहेका छन्। यस पर्वको अवसरमा सरकारको निर्णयअनुसार आज सार्वजनिक बिदा पनि दिइएको छ।

साथै, विदेशी पर्यटकहरूले नेपालका सांस्कृतिक परम्परामा रमाउँदै यो पर्वको रङ्गीन उत्सवमा समावेश भएका छन्।

प्रकाशित मिति : २०८१ फाल्गुन २९ गते बिहिवार
प्रतिक्रिया दिनुहोस