काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शैक्षिक परामर्शदातृ निकायलाई प्रलोभन नगर्न निर्देशन दिएको छ। मंत्रालयको ८ बुँदे निर्देशन अनुसार, परामर्शदातृ निकायहरूले फ्रि–भिसा, रोजगारी ग्यारेन्टी, डिपेन्डेन्ट भिसा जस्ता प्रलोभन नदिने, शैक्षिक मेला र प्रदर्शनी बिना अनुमति नगर्ने र अभिलेखमा कायम नभएका शिक्षण संस्थामा विद्यार्थी सिफारिस नगर्ने आदेश दिएको हो।
मन्त्रालयले वैदेशिक शैक्षिक परामर्शका लागि अनुमति प्राप्त संस्थाबाट मात्र सेवा लिन सेवाग्राहीलाई आग्रह गरेको छ। कानूनी रूपमा स्थापना नगरेका संस्थाहरूको जानकारी स्थानीय प्रशासन र प्रहरीलाई दिनको लागि पनि निर्देशन दिएको छ।


प्रकाशित मिति : २०८१ फाल्गुन २९ गते बिहिवार

