२०८३ बैशाख ७ गते सोमवार | 2026 April 20th Monday

कलंकीमा एक व्यक्तिलाई खुकुरी प्रहार गर्ने नुवाकोटका तामाङ पक्राउ

२ चैत्र , काठमाडौँ । सामान्य विवाद हुँदा सार्वजनिक स्थलमै खुकुरी प्रहार गर्ने एक युवक पक्राउ परेका छन् । प्रहरीले काठमाडौं महानगरपालिका–१४ कंलकी सीतापम्पस्थित सडकमा खुकुरी प्रहार गर्ने नुवाकोट घर भई हाल बाफल बस्दै आएका २० वर्षीय सुशील तामाङलाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार तामाङले मोरङको कटारी गाउँपालिका–४ घर भई कालिमाटी बस्ने ३० वर्षीय सुवास राईसँग विवाद हुँदा बिहीबार खुकुरी प्रहार गरेका थिए । तामाङलाई काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८१ चैत्र १ गते शनिवार
प्रतिक्रिया दिनुहोस