२०८३ साउन १३ गते बुधवार | 2026 July 29th Wednesday

२९ वर्षीया शिक्षिकाको काण्ड भाइरल भएपछि जागिर चैट

इटालीको क्याथोलिक बाल विद्यालयकी २९ वर्षीया शिक्षिका एलेना मारागालाई ओन्लीफ्यान्समा अश्लील सामग्री बेचेको पाइएपछि निलम्बन गरिएको छ। द टेलिग्राफका अनुसार, एक अभिभावकले उनलाई पहिचान गरी व्हाट्सएप र फेसबुकमार्फत अरूलाई बताएका थिए। त्यसपछि स्कूल प्रशासनले कारबाही गर्‍यो। तर उनले आफ्नो खाली समयको कामले कसैलाई हानि नगरेको र १,२०० युरो तलब अपुग भएको तर्क गरिन्।

‘म मेरो शरीरमा गर्व गर्छु र देखाउन चाहन्छु,’ उनले भनिन्। शैक्षिक विज्ञानकी डिग्रीधारी मारागाले पाँच वर्ष नर्सरीमा पढाइन्। ‘मलाई पढाउन मन पर्छ, तर ओन्लीफ्यान्समा धेरै कमाउँछु। एक दिनमा महिनाको कमाइ हुन्छ,’ उनले थपिन्।

शिक्षा मन्त्रालयले शिक्षकहरूलाई वयस्क वेबसाइटमा रोक लगाउने नैतिक संहिता बनाउँदै छ। समाचार भाइरल भएपछि सामाजिक सञ्जालमा स्कूल र अभिभावकको आलोचना भयो। ‘उनको निजी जीवनसँग कसैको सरोकार छैन,’ एक प्रयोगकर्ताले भने।

अर्काले थपे, ‘शिक्षकले उदाहरण बन्नुपर्छ।’ गत वर्ष, युट्युबर जारा डारले पीएचडी छोडेर ओन्लीफ्यान्स रोजिन्, जसलाई उनले करियर परिवर्तन र जोखिम भनेकी छन्। एजेन्सी

प्रकाशित मिति : २०८१ चैत्र ८ गते शनिवार
प्रतिक्रिया दिनुहोस