२०८३ असोज ६ गते मङ्गलवार | 2026 September 22nd Tuesday

कैलाली जंगलमा भेटिएका १३५ रहस्मयी विदेशीबारे नयाँ खुलासा, खुलेयाम गर्छन अश्लील हर्कत

काठमाडौं । कैलालीको घोडाघोडी नगरपालिका–९ स्थित सिमली जङ्गलमा अवैध रूपमा बसेका विदेशी नागरिकले प्रशासनको निर्देशन अटेर गरेका छन्। जिल्ला प्रशासन कार्यालयले २४ घण्टाभित्र जङ्गल खाली गर्न भने पनि ९० जना अझै बसेका छन्।

निर्देशन उल्लङ्घन गरेपछि प्रहरी टोली उनीहरूलाई सम्झाइबुझाइ गर्न पुगेको थियो, तर विदेशी नागरिकले तत्काल नहट्ने अडान लिएपछि प्रहरी फर्किएको इलाका प्रहरी कार्यालय सुखडका प्रमुख दीर्घ साउदले जानकारी दिए। उनका अनुसार ती नागरिकले केही दिनमै स्वेच्छाले जाने बताएका छन्, र कुनै ठूलो क्षति नभएकाले बल प्रयोग नगरिएको छ।

रेन्बो फेमिली ग्यादरिङ नाम दिइएको जमघटका लागि विभिन्न देशका नागरिक यहाँ आएका थिए। उनीहरू पर्यटक भिसामा नेपाल आएका भए पनि जङ्गलमा बस्ने अनुमति नलिएको प्रशासनले जनाएको छ। स्थानीयले अर्धनग्न अवस्थामा गतिविधि गर्ने, पत्रकारमाथि हातपात गर्ने जस्ता घटनाबारे गुनासो गरेका छन्। प्रमुख जिल्ला अधिकारीसहितको टोलीले स्थलगत अनुगमन गरे पनि समस्या समाधान हुन सकेको छैन।

प्रकाशित मिति : २०८१ चैत्र १० गते सोमवार
प्रतिक्रिया दिनुहोस