काठमाडौँ। नेपाल विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले नियुक्तिपत्र प्राप्त गरेका छन्।
मन्त्रिपरिषद्का निर्णय प्रमाणित भएपछि शाक्यलाई कार्यकारी निर्देशकको पदमा नियुक्ति दिइएको ऊर्जा मन्त्रालयका स्रोतले जानकारी दिएका छन्।
कुलमान घिसिङलाई कार्यकारी निर्देशकको पदबाट बर्खास्त गरी शाक्यलाई नियुक्त गर्ने मन्त्रिपरिषद्को निर्णय मुख्य सचिवद्वारा प्रमाणित भइ मंत्रालयमा पठाइएको थियो, जसपछि शाक्यले आजै कार्यभार ग्रहण गर्ने बताइएको छ।
ऊर्जा मन्त्रालयले घिसिङलाई बर्खास्त गर्ने निर्णयको बारेमा मंगलबार जानकारी दिने तयारी पनि गरेको छ।
प्रकाशित मिति : २०८१ चैत्र ११ गते मङ्गलवार

