काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले पदभार ग्रहण गरेका छन्। सोमबारको मन्त्रिपरिषद् बैठकबाट नियुक्त भएका शाक्यले मंगलबार साँझ प्राधिकरणको कार्यालयमा पदभार ग्रहण गरेका हुन्।
सरकारले कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई बर्खास्त गर्दै शाक्यलाई नियुक्त गरेको थियो। शाक्यको नियुक्ति प्रमाणित भएपछि उनले नियुक्तिपत्र प्राप्त गरेका थिए।
प्रकाशित मिति : २०८१ चैत्र ११ गते मङ्गलवार

