२०८३ भाद्र ११ गते बिहिवार | 2026 August 27th Thursday

सर्वोच्च पुगे कुलमान : रिटमा सरकारसहित को-को छन् विपक्षी?

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका पदमुक्त कार्यकारी निर्देशक कुलमान घिसिङले आफूलाई गैरकानुनी रूपमा पदमुक्त गरिएको दाबी गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका छन्।

उनले सरकारको निर्णयलाई बदर गर्दै आफूलाई कार्यकारी निर्देशकको पदमा पुनः बहाली गर्नुपर्ने माग गरेका छन्।

निवेदनमा उनले नेपाल सरकार, ऊर्जा मन्त्रालय र प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई विपक्षी बनाएका छन्।

घिसिङका अनुसार, कुनै गल्ती नगरेको अवस्थामा सरकारले आफूलाई बदनियतका साथ पदमुक्त गरेको र गलत तरिकाले स्पष्टीकरण सोधेको बताइएको छ।

उनका प्रतिनिधिले निवेदन सर्वोच्च अदालतमा करिब ५ बजेतिर पेस गरेका छन्।

प्रकाशित मिति : २०८१ चैत्र १२ गते बुधवार
प्रतिक्रिया दिनुहोस