२०८३ भाद्र २८ गते आइतवार | 2026 September 13th Sunday

रूसी ह्याकरको कब्जामा सरकारको महत्वपूर्ण वेबसाइट, संवेदनशील डाटा चोरी

Prime Minister’s office

काठमाडौं । नेपाल सरकारको ‘हेलो सरकार’को वेबसाइटलाई रुसी ह्याकर समूह ‘घुद्रा’ (Ghudra) ले ह्याक गरेको छ। यस समूहले आफूलाई रूसी सैन्य इन्टेलिजेन्ससँग नजिक रहेको दाबी गर्दै वेबसाइटमा राखिएका संवेदनशील डाटा डार्कवेबमा बिक्रीको लागि राखिदिएको हो।

ह्याकर समूहले १ हजार डलरमा सम्पूर्ण डेटाबेस र १,३०० डलरमा लाइभ सेल एक्सेस बिक्री गर्ने प्रस्ताव गरेका छन्। यसमा नागरिकहरूको व्यक्तिगत जानकारी जस्तै नाम, इमेल, मोबाइल नम्बर, पासवर्ड, फोटो, अफिस आइडी, र अन्य संवेदनशील जानकारी रहेका छन्।

सहसचिव प्रेमकुमार श्रेष्ठले ह्याकको सूचना पाएपछि तुरुन्तै वेबसाइट मर्मत र सुधारका लागि टेक्निकल कर्मचारीहरूलाई खटाएको जानकारी दिएका छन्। साइबर सुरक्षा विज्ञ रिवश न्यौपानेका अनुसार, यस घटनाले नागरिकको गोपनीयता उल्लंघन र सरकारी प्रणालीको दुरुपयोग गर्न सक्ने जोखिमलाई निकै बढाएको छ।

उनका अनुसार, ह्याकरहरूले उक्त डेटा फिसिङ हमलामा प्रयोग गर्न सक्छन् र सरकारका प्रमुख अधिकारीहरूको पहिचान चोरी गरेर सुरक्षा थ्रेटको सामना गर्न सकिन्छ। यस घटनाले सरकारी पहिचान भएका व्यक्तिहरूको लागि गम्भीर समस्या खडा गर्न सक्छ।

प्रकाशित मिति : २०८१ चैत्र १२ गते बुधवार
प्रतिक्रिया दिनुहोस