२०८३ साउन ११ गते सोमवार | 2026 July 27th Monday

जब प्रधानाध्यापक र शिक्षकलाई एउटै म्याडम मनपर्यो : खुल्यो विभत्स हत्याको रहस्य, ७ जना पक्राउ

काठमाडौं। भारत, बिहारको दरभंगा जिल्लाको कुशेश्वरमा भएको एक डरलाग्दो घटनाले शिक्षा क्षेत्रमा ठूलो तरंग ल्याएको छ। एक स्कूलकी महिला शिक्षिकासँग प्रेम सम्बन्धको कारण प्रधानाध्यापक र अर्का शिक्षकबीचको विवादले उग्र रूप लिँदा शिक्षकको हत्या भएको छ। यो घटना गत जनवरीमा भएको थियो र ५५ दिनको अनुसन्धानपछि बिहार प्रहरीले यसको खुलासा गरेको छ।

प्रहरीका अनुसार, स्कूलका प्रधानाध्यापक र शिक्षक दुवैजना उक्त महिला शिक्षिकासँग प्रेम सम्बन्धमा थिए। प्रधानाध्यापकले शिक्षकलाई हटाउन सुपारी दिएर हत्या गराएका थिए। यो प्रेम त्रिकोणको परिणामस्वरूप भएको हत्याकाण्डमा संलग्न प्रधानाध्यापक सहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ।

यो घटनाले शैक्षिक संस्थाहरूमा नैतिकता र सुरक्षाको गम्भीर प्रश्न उठाएको छ। सामाजिक सञ्जालमा पनि यो घटनाले व्यापक चर्चा पाएको छ। कतिपयले स्कूलहरूमा कडा निगरानी र सीसीटीभी जडानको माग गरेका छन् भने कतिपयले यस्ता घटनाले शिक्षा क्षेत्रको पवित्रतामाथि नै धक्का पुगेको टिप्पणी गरेका छन्।

बिहार प्रहरीले यो मुद्दालाई गम्भीर रूपमा लिएको र थप अनुसन्धान जारी राखेको जनाएको छ। यस्ता घटनाले समाजमा अवैध सम्बन्ध र अपराधको बढ्दो प्रवृत्तिलाई पनि उजागर गरेको छ। एजेन्सी

प्रकाशित मिति : २०८१ चैत्र १३ गते बिहिवार
प्रतिक्रिया दिनुहोस