काठमाडौं । भारतको उत्तर प्रदेश राज्यको बिजनौरमा एक युवकले आफ्नी पत्नीको हत्या गरी सालीसँग विवाह गर्न योजना बनाएको खुलासा भएको छ। २६ वर्षीय अंकितले सन् २०२० मा किरन नाम गरेकी युवतीसँग प्रेम विवाह गरेका थिए। दुवै सन्तानविहीन थिए र अंकित सालीसँग विवाह गर्न चाहन्थे, तर पत्नीको सालीसँग विवाह गर्न नचाहेको कारण अंकितले हत्या गर्ने योजना बनाएका थिए।
अंकितले आफ्ना साथी सचिन कुमारको मद्दतले पत्नीलाई कारले ठक्कर दिँदै हत्या गर्ने योजना बनाएका थिए। सचिन इको कारका चालक थिए र अंकितको योजना अनुसार गाडीले दुर्घटनाको रूपमा पत्नीको हत्या गर्ने योजना थियो। ८ मार्चका दिन अंकितले पत्नी किरनलाई बाइकमा राखेर जाँदै गर्दा सचिनले पूर्व योजना अनुसार किरनलाई ठक्कर दिइ हत्या गरे।
पुलिसले घटनाको अनुसन्धान गर्दा सीसीटीभी फुटेजबाट घटनामा संलग्न गाडी पहिचान गरी चालकको खोजी गर्यो। शुरूमा अंकितले साथीमाथि दोष लगाएका थिए, तर सचिनको बयानपछि हत्या अभियोगमा अंकित र सचिनलाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको छ।

