२०८३ भाद्र १२ गते शुक्रवार | 2026 August 28th Friday

चैत्र १५ घटनाको क्षतिपूर्ती माग्दै अध्यक्ष नेपालले सरकारसँग गरे यस्तो गुनासो

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले चैत्र १५ गतेको घटनामा राज्यले आफ्नो पार्टी कार्यालयको उचित सुरक्षा गर्न नसकेको गुनासो गरेका छन्।

आइतबार काठमाडौंमा आदिवासी जनजाति महासंघ (समाजवादी) को बागमती प्रदेश भेला उद्घाटन गर्दै नेपालले कांग्रेस र एमालेको पार्टी कार्यालयमा पर्याप्त सुरक्षाकर्मी तैनाथ गरिएको भएता पनि आफ्नो पार्टीको कार्यालयलाई भने राज्यले सुरक्षा गर्न असमर्थ भएको बताएका हुन्।

उनले आफ्ना पार्टी कार्यालयमा तोडफोड र कम्प्युटर, मोबाइल, र महत्त्वपूर्ण फाइल चोरी भएको जानकारी दिएका छन्। अध्यक्ष नेपालले उक्त घटनामा संलग्न सबै पक्षले जिम्मेवारी लिनुपर्ने र दोषीलाई कारबाही गर्नुपर्नेमा जोड दिएका छन्।

अध्यक्ष नेपालले आफ्नो पार्टीलाई उचित क्षतिपूर्ति दिने माग समेत उठाएका छन्। उनले भने, ‘अराजक व्यक्ति बोकेर राजतन्त्रलाई पुनःस्थापना गर्ने उद्देश्य पुरा गर्न नसक्नेछ।’

प्रकाशित मिति : २०८१ चैत्र २३ गते आइतवार
प्रतिक्रिया दिनुहोस