२०८३ भाद्र १२ गते शुक्रवार | 2026 August 28th Friday

कांग्रेस नेता कोइराला भन्छन्ः अहिले देशको परिस्थिती अत्यन्तै नाजुक छ

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले वर्तमान देशको परिस्थिती अत्यन्तै नाजुक रहेको बताएका छन्। उनले आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा देशका राजनीतिक, आर्थिक र अन्य क्षेत्रका समस्याहरूको जिकिर गर्दै बिचौलियाका बिगबिगीलाई आलोचना गरे।

कोइरालाले कांग्रेस र एमाले बीचको गठबन्धनले संविधान सुधारको वचन दिएको भए पनि ९ महिना बित्दा पनि त्यसतर्फ ध्यान नदिएको बताए। उनले राष्ट्र बैंकको गभर्नर नियुक्तिमा पनि बिचौलियाको हात रहेको र यसले देशको भविष्यमा दुभाग्र्य ल्याउने आशंका व्यक्त गरे।

उनले मुलुकको आर्थिक र सुशासनको अवस्था स्पष्ट रहेको भन्दै, राजनीतिक इच्छाशक्ति भएमा देशलाई समृद्ध र सुशासनयुक्त बनाउन सकिने धारणा राखे।

प्रकाशित मिति : २०८१ चैत्र २३ गते आइतवार
प्रतिक्रिया दिनुहोस