२०८३ असोज ५ गते सोमवार | 2026 September 21st Monday

ट्र्याक्टरको तेल ट्याङ्कीभित्रै ब्राउन सुगर फेला, दुई भारतीय नागरिक पक्राउ

२८ चैत्र , काठमाण्डौँ । बारा प्रहरीले आज ठुलो परिमाणमा लागु औषध ब्राउन सुगरसहित दुई जना भारतीयलाई पक्राउ गरेको छ । बारा सीमावर्ती क्षेत्रमा लागु औषध तस्करी भइरहेको सूचना बमोजिम प्रहरीले जाँच गर्दा लागु औषध ब्राउन सुगरसहित दुई जना भारतीयलाई पक्राउ गरेको जनाएको छ ।

बारा प्रहरीले जिल्लाको फेटा गाउँपालिकाबाट विशेष सूचनाको आधारमा निगरानीमा राखिएको एक ट्र्याक्टर जाँच गर्ने क्रममा १५८ ग्राम ९१० मिलिग्राम खैरो ब्राउन सुगर जस्तो देखिने लागु औषध बरामद गरेको बारा प्रहरी प्रवक्ता विजयराज पण्डितले बताए । उनका अनुसार बाराबाट खटिएको टोलीले फेटा गाउँपालिका–३ चौतारास्थित सडक खण्डमा ना ३ त ४७१४ नम्बरको ट्र्याक्टरलाई रोकी जाँच गरेको थियो । सोही जाँचमा प्रहरीले इन्धन ट्याङ्की खोल्दा प्लास्टिकमा बेरिएको अवस्थामा उक्त लागु औषध फेला परेको हो । लागु औषध ओसारपसारमा संलग्न रहेको आरोपमा ट्र्याक्टर चालक ३० वर्षीय टुटु कुमार र ३२ वर्षीय टुटु अन्सारीलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रकाशित मिति : २०८१ चैत्र २७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस