२०८२ मङ्सिर १० गते मङ्गलवार | 2025 November 25th Tuesday

डोनाल्ड ट्रम्पले घोषणा गरेको भन्सार महशुल ९० दिनका लागि स्थगित !

२९ चैत्र , काठमाण्डौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत अप्रिल २ का दिन घोषणा गरेको भन्सार महशुल स्थगित गर्ने घोषणा गरेका छन् । राष्ट्रपति ट्रम्पले यसअघि घोषित भन्सार महशुल ९० दिनका लागि स्थगित गर्ने घोषणा गरेका हुन् ।

यसअघि ट्रम्पले गत अप्रिल २ का दिन विभिन्न मुलुकका सामानमा १० देखि ५० प्रतिशतसम्म भन्सार महशुल वृद्धिको घोषणा गरेका थिए । ट्रम्पले नेपाल, बेलायत, ब्राजिल सिंगापुर, अस्ट्रेलिया, टर्कीजस्ता केही देशका सामानमा न्यूनतम १० प्रतिशत भन्सार महशुल वृद्धि गर्ने घोषणा गरेका थिए भने चिनियाँ सामानमा ३४ प्रतिशत वृद्धि गर्ने घोषणा गरेका थिए ।

त्यस्तै उनले युरोपेली युनियन ईयूका सामानमा २० प्रतिशत, भियतनाम ४६ प्रतिशत, ताइवान ३२ प्रतिशत, जापान २४ प्रतिशत, भारत २६ प्रतिशत, बंगलादेशका सामानमा ३७ प्रतिशत भन्सार शुल्क बढाउने घोषणा पनि गरेका थिए । यद्यपि ट्रम्पले बुधबार एकाएक चीनबाहेक सबै ‘पारस्परिक’ भन्सार शुल्क तीन महिनाका लागि स्थगन गर्ने घोषणा गरेको अमेरिकी टेलिभिजन सीएनएनले जनाएको छ ।

अरु सबै मुलुकमा यसअघि घोषित भन्सार शुल्क १० प्रतिशत हुने नयाँ घोषणामा उल्लेख छ । त्यसैगरी, क्यानाडा र मेक्सिकोका सामानमा लाग्दै आएको यसअघि घोषित २५ प्रतिशत भन्सार महशुल भने कायमै रहने सीएनएनले जनाएको छ ।

प्रकाशित मिति : २०८१ चैत्र २८ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस