२०८३ असार १३ गते शनिवार | 2026 June 27th Saturday

फेसबुकले अझै गरेन दर्ता, पर्सि सम्म नगरे बन्द गर्ने सरकारको फेरि चेतावनी

Facebook, YouTube, X to be shut down after end of Chaitra, reveals Communication Minister

काठमाडौं । सरकारले सामाजिक सञ्जाल दर्ता गर्न तोकेको म्याद सकिनै लाग्दा पनि फेसबुकले दर्ता नगरेपछि पुनः चेतावनी दिएको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले अबको दुई दिनभित्र (पर्सिसम्म) दर्ता नभए कडा कदम चालिने संकेत दिएका छन्।

सरकारले चैत ७ गते सूचना जारी गर्दै सामाजिक सञ्जाल अनिवार्य दर्ता गर्न एक महिनाको समय दिएको थियो। म्याद थपेर फेरि आग्रह गर्दा पनि फेसबुकले प्रतिक्रिया नदिएको मन्त्रालयको भनाइ छ। मन्त्री गुरुङले सामाजिक सञ्जाल नियमनका लागि मात्रै कानून ल्याइएको स्पष्ट पारे।

त्यस्तै, राजावादी आन्दोलनलाई प्रतिगामी भन्दै गुरुङले हिंसात्मक गतिविधिमा संलग्न जो कोहीलाई कारबाही हुने बताए। उनले प्राविधिक दुरुपयोगले सरकार र जनतालाई कमजोर पार्न खोजिएको भन्दै सबैले सचेत हुनुपर्ने बताए। कार्यक्रममा पत्रकार उषा लोहनी, डा. हरिकल अधिकारी र धनु विश्वकर्मालाई सम्मान गरिएको थियो।

प्रकाशित मिति : २०८२ बैशाख ५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस