२०८३ असोज २७ गते मङ्गलवार | 2026 October 13th Tuesday

देउवा नहुँदा पूर्णबहादुर बने कांग्रेस कार्यबाहक सभापति

Maoist war comment Purna Bahadur Khadka

काठमाडौं । नेपाली कांग्रेसको कार्यबाहक सभापतिको जिम्मेवारी पूर्णबहादुर खड्काले पाएका छन्।

पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार कांग्रेसको विधान २०१७ (संशोधनसहित) को धारा २५ को उपधारा (१३) अनुसार खड्कालाई कार्यबाहक सभापति तोकिएको हो।

सभापति शेरबहादुर देउवा विदेश गएका कारण उनी नफर्केपछि खड्कालाई कार्यबाहक सभापति जिम्मेवारी दिइएको पौडेलले जनाएका छन्।

प्रकाशित मिति : २०८२ बैशाख ७ गते आइतवार
प्रतिक्रिया दिनुहोस