२०८३ बैशाख १८ गते शुक्रवार | 2026 May 1st Friday

जम्मू-कश्मिरमा भएको आतंकवादी हमलामा मारिएका नेपाली युवकको पहिचान खुल्यो !

१० बैशाख , काठमाण्डौँ । मंगलबार भारतको जम्मु–कश्मिरमा आतंकवादी आक्रमणबाट एक नेपालीको मृत्यु भएको पुष्टि भएको छ । जम्मूकश्मिर स्थित पहलगाममा मंगलबार पर्यटकको समूहमाथि भएको आक्रमणमा परी मृत्यु हुनेमा २७ वर्षीय सुदीप न्यौपाने रहेको पुष्टि भएको छ ।

उनी बुटवल उपमहानगरपालिका १४ कै रहेको सोही वडाका वडाध्यक्ष दधिराम न्यौपानेले जानकारी दिए । वडा अध्यक्ष न्यौपाने र मृतक सुदिप नातामा काका भतिज हुन् । वडा अध्यक्ष न्यौपानेका अनुसार बन्दुकधारीहरुको उक्त समुहले बाटोमा हिड्दै गरेका सुदीपलाई कुन धार्मिक समुहको हो भन्दै सोधेपछी एकाएक गोली हानेको थियो। आमासँग बुटवल ११ कालिकानगरमा बस्दै आएका सुदीप धरानमा पब्लिक हेल्थ अध्ययन गर्थे ।

गत शनिबार आमा रिमा पाण्डे, दिदी सुश्मा र भिनाजु उज्ज्वल काफ्लेसहित घुम्न भन्दै कश्मिर गएका सुदीपमाथी बन्दुकधारीहरुले अचानक आक्रमण गरेको वडा अध्यक्ष न्यौपानेले जानकारी दिए । मृतक सुदीपको शव बुधबार नेपाल ल्याउने तयारी गरिएको उनले बताए ।

प्रकाशित मिति : २०८२ बैशाख १० गते बुधवार
प्रतिक्रिया दिनुहोस