२०८३ बैशाख १८ गते शुक्रवार | 2026 May 1st Friday

खतरनाक अपराधी राख्ने जेल पुनः खोल्न तथा विस्तार गर्न ट्रम्पको आदेश

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ऐतिहासिक अल्काट्राज जेल पुनः खोल्न तथा विस्तार गर्न आफ्ना सहयोगीहरूलाई निर्देशन दिएका छन्। लामो समयदेखि अमेरिकामा क्रूर र हिंस्रक अपराध वृद्धि भएको भन्दै उनले यस्तो कदम चालेको बताएका छन्।

ट्रम्पले अमेरिकाका सबैभन्दा खतरनाक अपराधीहरूलाई राख्नका लागि अल्काट्राज उपयुक्त स्थान हुने दाबी गर्दै भने, ‘यसको पुनः उद्घाटन कानुन, व्यवस्था र न्यायको प्रतीक हुनेछ।’

सान फ्रान्सिस्को नजिकैको टापुमा रहेको अल्काट्राज जेललाई १९६३ मा बन्द गरिएको थियो। अहिले यो टापु पर्यटकीय गन्तव्यको रूपमा सञ्चालनमा छ। तर, ट्रम्पको निर्देशनपछि यसले पुनः कारागारको रूप लिनसक्ने देखिएको छ।

 

प्रकाशित मिति : २०८२ बैशाख २२ गते सोमवार
प्रतिक्रिया दिनुहोस