२०८३ साउन ११ गते सोमवार | 2026 July 27th Monday

रवि लामिछानेको रिटमा सुनुवाइ सकियो: केही बेरमा आदेश आउने, कस्तो आउला ?

काठमाडौं । सर्वोच्च अदालतले रास्वपा सभापति एवं गृहमन्त्री रवि लामिछानेको बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ सकिएको छ । गत मंगलबारदेखि न्यायाधीशद्वय डा. नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासमा शुक्रबार सुनुवाइ सकिएको छ । अब यो रिटमा आदेश आउन बाँकी छ ।

आज रवि लामिछाने र छविलाल जोशीविरुद्ध जाहेरी दिएका कानुन व्यवसायीहरूले बहस गरेका थिए । वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी, दिनेश त्रिपाठी तथा अधिवक्ता रामचन्द्र आरसी गौतमले शुक्रबार बहस गरे ।

लगत्तै रवि र छविका कानुन व्यवसायीहले जवाफी बहस गरेका थिए । अधिवक्ताहरू सुशीलकुमार पन्त र रमनकुमार श्रेष्ठ र सतिषकृष्ण खरेलले जवाफी बहस गरेका थिए ।

उच्च अदालत तुलसीपुरको बुटवल इजलासले लामिछानेलाई थुनामा राख्न आदेश दिएको थियो । त्यो आदेशपछि रुपन्देही जिल्ला कारागारमा उनी थुनामा छन् । उक्त आदेश सदर भएमा अन्तिम फैसला नभएसम्म रवि कारागार नै बस्नेछन् । उच्चको आदेश बदर गरेर जिल्लाको फैसला सदर गरेमा उनी बाहिर बसेर अन्तिम फैसला कुर्नेछन् ।

प्रकाशित मिति : २०८२ जेष्ठ १० गते शुक्रवार
प्रतिक्रिया दिनुहोस