२०८३ असोज ६ गते मङ्गलवार | 2026 September 22nd Tuesday

ट्रक पल्टिएपछि २५ करोड मौरी भागे, सतर्क रहन प्रहरीको चेतावनी

काठमाडौं । अमेरिकाको वासिङ्टन राज्यको उत्तरपश्चिम भागमा सेमी ट्रेलर ट्रक दुर्घटनामा परेपछि झन्डै २५ करोड मौरी सडकमा फैलिएका छन्। ह्वाटकम काउन्टीका अधिकारीले स्थानीयलाई मौरीको झुण्डबाट जोगिन सतर्कता अपनाउन अनुरोध गरेका छन्।

दुर्घटनास्थल क्यानाडा सीमाको नजिक, भ्यानकुभरबाट ३० माइल टाढा पर्छ। मौरी नियन्त्रणका लागि विशेषज्ञहरू खटिएसँगै सडक बन्द गरिएको छ।

अमेरिकाको पश्चिमी भागमा मौरीपालकहरूले मह उत्पादनसँगै किसानलाई परागण सेवा दिँदै राम्रो आम्दानी गर्दै आएका छन्।

प्रकाशित मिति : २०८२ जेष्ठ १८ गते शनिवार
प्रतिक्रिया दिनुहोस