२०८२ चैत्र १ गते आइतवार | 2026 March 15th Sunday

नेपालको जेलमा २८ हजार ७१८ कैदीबन्दी, सबैभन्दा बढी बलात्कारी !

काठमाडौं। गृहमन्त्री रमेश लेखकले देशभरीमा २८ हजार सात सय १८ जना कैदीबन्दी रहेको जानकारी दिएका छन्। संघीय संसदको कानून न्याय तथा मानव अधिकार समितिमा बुधबार पुगेका गृहमन्त्री लेखकले कारागारको क्षमता भन्दा सात गुना बढी कैदी बन्दी रहेको जानकारी दिएका हुन्।

उनका अनुसार ६५ वर्ष माथिका ६०१ तथा बालबालिका ६४ जना, विदेशी १ हजार ४ सय २७ जना रहेका छन भने महिला १ हजार ५ सय ५० जना रहेको अवस्था छ भने अहिले पुरुष बन्दी नै २७ हजार १६८ जना रहेका छन्।

सबैभन्दा बढी बन्दी बलात्कारका मुद्दामा रहेका छन्, जसअनससार जबर्जस्ती करणीतर्फ २५.५४, लागुऔषध २४.३७, कर्तव्य ज्यानतर्फ १६.१२, सवारी अंगभंगतर्फ ४.१६, चोरी १३.८२ प्रतिशत कैदीबन्दी रहेका छन्।

देशभरका ७५ वटा कारागार रहेको जानकारी दिँदै गृह मन्त्री लेखकले कैदीबन्दी राख्ने कुल क्षमता १८ हजार मात्रै रहेको पनि जनाए। उनका अनुसार कैदीबन्दीलाई सात सय ग्राम चामल र दैनिक ८० रुपैयाँ दिइने गरिएको  छ।

प्रतिबन्दी वर्षको दुई जोर कपडा खरिद गर्न २५ सय, सिरक डस्ना किन्न प्रतिबन्दी ३ हजार वितरण गर्ने गरिएको छ। ‘बिरामीलाई सरकारी अस्पतालमा निःशुल्क उपचार गरिँदै आइएको छ,’ लेखकले भने।

प्रकाशित मिति : २०८२ साउन २९ गते बुधवार
प्रतिक्रिया दिनुहोस