
काठमाडौं । नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार र सहरी विकासमन्त्री कुलमान घिसिङले सोमबार पदभार ग्रहण गर्दै पहिलो निर्देशन दिएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष शपथग्रहणपछि मन्त्रालय पुगेका उनले डेडिकेटेड र ट्रङ्कलाइनको वक्यौता तत्काल उठाउन आदेश दिएका हुन्।
पूर्व नेपाल विद्युत् प्राधिकरण प्रमुख रहेका घिसिङले मुलुकलाई संकटबाट निकास दिलाउने र पुनः निर्माणका लागि कोष स्थापना गर्ने तयारी भएको बताए। उनले जेनजी आन्दोलनका मागलाई सम्बोधन गर्न प्रतिबद्धता जनाउँदै घाइतेहरूसँग भेट गरी सहानुभूति व्यक्त गरे।
उनका अनुसार अन्तरिम सरकारको जिम्मेवारी देशलाई स्थायित्व र समृद्धिको बाटोमा दोहोर्याउनु र तोकिएको समयमा निर्वाचन सम्पन्न गर्नु हो। उनले उज्यालो नेपाल अभियानलाई प्रभावकारी बनाउने प्रतिबद्धता पनि जनाए।
प्रकाशित मिति : २०८२ भाद्र ३० गते सोमवार