२०८२ भाद्र ३० गते सोमवार | 2025 September 15th Monday

अर्थमन्त्री रामेश्वर खनालको पहिलो घोषणामा के छ ?

काठमाडौं । नवनियुक्त अर्थमन्त्री डा. रामेश्वर खनालले सोमबार पदभार सम्हाल्दै राजनीतिक दबाबमा बजेटमा परेका टुक्रे र तयारी नभएका आयोजना कटौती गर्ने घोषणा गरेका छन्। उनका अनुसार यस्ता आयोजना कटौती गर्न सके करिब एक खर्ब स्रोत जुटाउन सकिनेछ।

पूर्व अर्थसचिवसमेत रहेका खनालले छ महिनाभित्र निर्वाचन र पुनःनिर्माणका लागि स्रोत व्यवस्थापन गर्न बजेट महाशाखा प्रमुखको संयोजकत्वमा तीन सदस्यीय कार्यदल गठन गरेका छन्।

सिंहदरबारमा जेनजी आन्दोलनका कारण भएको क्षतिको उल्लेख गर्दै उनले तत्काल भग्नावशेष हटाई रङरोगन गर्ने र नयाँ सवारी साधन खरिद नगरी पुनःनिर्माण सुरु गर्ने बताएका छन्। साथै, निजी क्षेत्रलाई विश्वासमा लिएर राजस्व वृद्धिका लागि वातावरण बनाउनुपर्ने आवश्यकता औंल्याए।

प्रकाशित मिति : २०८२ भाद्र ३० गते सोमवार
प्रतिक्रिया दिनुहोस