२०८२ असोज १ गते बुधवार | 2025 September 17th Wednesday

११ सदस्यीय मन्त्रिपरिषद् बनाउँदै प्रधानमन्त्री कार्की, यी हुन चर्चामा रहेका नाम

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलबाट नियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो मन्त्रिपरिषद् ११ सदस्यीय मात्रै बनाउने तयारी गरेकी छन्। हालसम्म उनले ३ मन्त्रीलाई मात्र जिम्मेवारी दिएकी छन्।

आइतबार नियुक्त मन्त्रीहरूलाई सोमबार राष्ट्रपति पौडेलले शपथ दिलाएपछि मन्त्रिपरिषद् ४ सदस्यीय बनेको छ। अर्थमन्त्रीमा रामेश्वरप्रसाद खनाल, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्रीमा कुलमान घिसिङ, गृह तथा कानुनमन्त्रीमा ओमप्रकाश अर्याल रहेका छन्।

कार्कीले बाँकी ७ मन्त्री चयनका लागि छलफल गरिरहेकी छिन्। उनले वरिष्ठ चिकित्सक सन्दुक रुइतलाई समेत प्रस्ताव गरेकी थिइन् तर उनले अस्वीकार गरेका छन्। शिक्षा मन्त्रालयका लागि केदारभक्त माथेमा र विद्यानाथ कोइरालाको नाममा छलफल भइरहेको छ भने स्वास्थ्य मन्त्रालयका लागि डा. भगवान् कोइराला, डा. रामेश कोइराला र डा. भोला रिजालका नाम चर्चामा छन्।

प्रधानमन्त्री कार्कीले जेनजी आन्दोलन, कांग्रेस, एमाले र माओवादी केन्द्रलगायत सरोकारवाला पक्षको प्रतिनिधित्व समेट्ने गरी मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरिरहेकी छिन्।

प्रकाशित मिति : २०८२ भाद्र ३१ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस