२०८३ असोज २४ गते शनिवार | 2026 October 10th Saturday

दशैंको अग्रिम टिकट बुकिङबारे भयो यस्तो निर्णय, १९ बुँदे सूचना जारी

काठमाडौं । यातायात व्यवस्था विभागले दशैंका लागि अग्रिम टिकट बुकिङ खुलाउने निर्णय गरेको छ। मंगलबार विभागमा भएको सर्वपक्षीय छलफलपछि १९ बुँदे निर्णय जारी गरिएको हो।

निर्णयअनुसार अग्रिम टिकट बुकिङको मिति हाल तोकिएको छैन। बुकिङ अनलाइनमार्फत पनि गर्न सकिने व्यवस्था मिलाइने बताइएको छ।

त्यसैगरी, असोज ६ देखि २० गतेसम्म अत्यावश्यक वस्तु बाहेक ठूला सवारी साधन नारायणाघाट–काठमाडौँ मार्गमा सञ्चालन गर्न रोक लगाइने निर्णय पनि गरिएको छ। घटस्थापनादेखि पूर्णिमासम्म देशभर रुट परमिट स्थगित गरिनेछ।

1

2

प्रकाशित मिति : २०८२ भाद्र ३१ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस