२०८३ असोज २४ गते शनिवार | 2026 October 10th Saturday

नेपाली सेनाको ट्रक दुर्घटना हुँदा दर्जन बढी घाइते, केही गम्भीर

काठमाडौं । मकवानपुर र बाराको सिमानास्थित चुरियामाईमा नेपाली सेना सवार ट्रक दुर्घटना हुँदा १६ जना घाइते भएका छन्। घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक विश्वराज खड्काले जानकारी दिनुभयो।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार मंगलबार दिउँसो पूर्व–पश्चिम राजमार्गअन्तर्गत चुरियामाईस्थित पुलबाट सेना सवार ट्रक करीब १२ फिट तल खसेर दुर्घटना भएको हो। दुर्घटनाग्रस्त ट्रक तनहुँको नं. २ राजदल गणबाट धनुषातर्फ उप सेनानी हर्ष विक्रम अधिकारीको कमान्डमा जाँदै गरेका चारवटा ट्रकमध्ये एक भएको बताइएको छ।

सो ट्रकमा २२ जना सवार थिए। दुर्घटनापछि मकवानपुर र बाराका विभिन्न प्रहरी कार्यालयबाट खटिएका टोलीले नेपाली सेनाको सहयोगमा घाइतेलाई उद्धार गरी हेटौँडा अस्पताल पुर्‍याएको जिल्ला प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो।

प्रकाशित मिति : २०८२ भाद्र ३१ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस