२०८३ असोज २४ गते शनिवार | 2026 October 10th Saturday

बानेश्वरसम्म लखेटिए सुदन गुरुङ, महेश बस्नेतमाथि शंका

काठमाडौं । जेनजी आन्दोलनका चर्चित युवा नेता सुधन गुरुङले आफूलाई पछ्याइएको दाबी गरेका छन्। उनले इन्स्टाग्राममा भिडियो पोस्ट गर्दै मोटरसाइकल र गाडीले लगातार फलो गरेको बताए।

भिडियोमा उनले भने, ‘मलाई केही भयो भने तिमीहरू अघि बढ्नुपर्छ। झोलेहरूले प्रपोगण्डा गरिरहेका छन्, त्यसैले सबै जेनजीहरूले एकजुट भएर उठ्नुपर्छ।’

गुरुङले आफूलाई पछ्याइएको आशंका गर्दै अहिले करिब २० जनाले व्यक्तिगत सुरक्षा दिइरहेको बताए। उनले महेश बस्नेतले खुलेआम चुनौती दिएको भन्दै आफूलाई लखेट्नेमध्ये उनी नै हुनसक्ने शंका गरे।

तर उनले अहिलेसम्म प्रहरीलाई जानकारी नदिएको बताए। यस विषयमा काठमाडौं प्रहरी प्रमुख एसएसपी विश्व अधिकारीले भने सुधनले असुरक्षाबारे कुनै जानकारी नदिएको बताए।

प्रकाशित मिति : २०८२ असोज १ गते बुधवार
प्रतिक्रिया दिनुहोस