२०८३ असोज २४ गते शनिवार | 2026 October 10th Saturday

पश्चिम नेपालमा शक्तिशाली भूकम्प, थप विवरण आउन बाँकी

काठमाडौं । पश्चिम नेपालमा बुधबार राति शक्तिशाली भूकम्पको धक्का महसुस गरिएको छ। करिब ८ः२६ बजे लुम्बिनी र कर्णाली प्रदेश आसपासका क्षेत्रमा कम्पन महशुस गरिएको स्थानीयवासीहरूले बताएका छन्। रूकुम पूर्व र बाग्लुङको सीमानामा केन्द्रविन्दु बनाएर ४.६ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ ।

हालसम्म क्षति वा प्रभावित क्षेत्रबारे विस्तृत विवरण सार्वजनिक भएको छैन। भूकम्पपछि केही समय स्थानीयहरू आत्तिएर घरबाहिर निस्किएको बताइएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रले छिट्टै आधिकारिक विवरण सार्वजनिक गर्ने तयारी गरेको जनाएको छ।

प्रकाशित मिति : २०८२ असोज १ गते बुधवार
प्रतिक्रिया दिनुहोस